इतिहास
इतिहास
नेपालमा चिया खेतीको इतिहास निकै लामो छ । वि.सं. १९२०मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कँदा चिनिया जातको चियाको बीउ उपहार स्वरूप तत्कालीन चिनिया सम्राटबाट लिई नेपालमा भित्र्याएका थिए भनिन्छ। सो चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं.१९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरूवात भएको देखिन्छ ।त्यो त्यही दसक हो, जुन बेला दार्जिलिङमा पनि चिया खेती प्रारम्भ गरिएको थियो ।
तर जहानिया राणा शासनको अगाडि नेपालमा शुरूवाती अवस्थामा रहेको चिया उद्योग त्यति फस्टाउन सकेन । उता दार्जिलिङतिर भने चिया खेती तथा उद्योग विस्तार एवम् विकास हुँदै गयो ।
वि.सं. २००७ सालको प्रजातन्त्र प्राप्तिपछि मात्र नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गयो र यसको सकारात्मक प्रभाव चिया क्षेत्रमा पनि पर्यो।फलस्वरूप वि.सं. २०१६सालमा झापा जिल्लाको रड्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भयो । त्यस्तै, सरकारी स्तरमा पनि वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो ।शुरूवाती दिनहरूमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नु पर्ने अवस्था थियो ।यस कुरालाई ध्यानमा राखी वि.सं. २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना गरियो ।
वि.सं. २०३५ देखि २०४५ को एक दसकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रत्साहनका कार्यक्रमहरू गर्यो ।विस्तारै विस्तारै चिया उद्योगले गति लिँदै गयो र एउटा नाफामूलक व्यवसायको रूप लिन थाल्यो ।चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानलाई ह्रदयंगम गर्दै वि.सं. २०३९ सालमा तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम)लाई चियाक्षेत्र घोषणा गर्यो ।
चिया विकास निगम नाफामूलक संस्था भएकाले चिया क्षेत्रको थप विस्तार एवम् विकासका लागि सरकारी स्तरकै गैरनाफामूलक संस्थाको अवश्यकता महसुस गरियो । फलस्वरूप वि.सं.२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो ।
- हिमालयन अन्तर्राष्ट्रिय एक्स्पो सम्बन्धि संलग्न कागजातहरु
- जानकारी सम्बन्धमा
- बैकंको मुद्दती खातामा संस्थागत दररेट र अन्य सुविधाहरूको बारेमा लिखित प्रस्ताव तथा जानकारी उपलब्ध गराउने बारे।
- अर्गानिक सर्टिफिकेसन अनुदानकाे सूचना
- चक्लाबन्दीमा कफी खेती विस्तार र कफी नर्सरी स्थापना कार्यक्रमको लागि अनुदान प्रस्ताव आह्वान सम्बन्धी सूचना ।
- NEPAL TEA QUALITY FROM THE HIMALAYAS ट्रेडमार्क प्रयोगबारे सूचना
- २७ औं राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड कार्यकारी निर्देशकज्यूको शुभकामना
- २७ औं राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड अध्यक्ष तथा कृषि मन्त्रीज्यूको शुभकामना
- नेपालि चिया निर्यात गर्ने सम्बन्धमा
- २५ औँ राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड कार्यकारी निर्देशकज्यूको शुभकामना
- आ.व.२०७९/८० मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य
- १८ औं राष्ट्रिय कफी दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रेषित सन्देश
- १८ औं राष्ट्रिय कफी दिवसको अवसरमा कार्यकारी निर्देशकज्यूबाट प्रेषित सन्देश
- आ.व. २०७७।०७८ मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य
- आ.व. २०७६।७७को लागि कच्चा कफीको न्युनतम् मूल्य निर्धारण बारे सूचना