सन्दर्भः २५ औँ राष्ट्रिय चिया दिवस
सन्दर्भः २५ औँ राष्ट्रिय चिया दिवस
सन्दर्भः २५ औँ राष्ट्रिय चिया दिवस
सम्पुर्ण विश्व कोरोना महामारीसँग जुधिरहेको पृष्ठभूमिमा राष्ट्रिय चिया दिवसको २५ औँ संस्करण हामी माझ आइपुगेको छ । एकातिर भौतिक दुरी कायम गर्दै स्वास्थ मापदण्डहरूको पालन गरि कोरोना महामारीबाट बच्नु परेको छ भने अर्कातिर महामारीका कारण ध्वस्त भएको मुलुकको अर्थतन्त्रलाई माथि उठाउन पनि उत्तिकै महत्वपुर्ण रहेको छ । यसै पृष्ठभूमिमा २५ औँ राष्ट्रिय चिया दिवसको नारा निम्नानुसार तय गरिएको छः-
स्वदेशमा उत्पादित चिया पिउने गरौँ,
स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ ।
गएको वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर पार्र्यो । यद्यपी अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षेति व्यहोर्नु परेन । लकडाउनका बीच पनि स्वास्थ्य सम्बन्धी सरकारले तय गरेका मापदण्डहरू पालना गरि बोर्डको अग्रसरतामा चिया बगान र उद्योगहरू सञ्चालनमा रहे । जसले गर्दा अन्य बाली एवं वस्तुको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनिय वृद्धि भएको देखिन्छ ।
गत आ.व. २०७६।७७ मा २ अर्ब ७८ करोड रूपैयाँ बराबरको ११,1८५ मेटन चिया निर्यात भएकोमा चालु आ.व. २०७७।७८ को ९ महिनाको अवधिमै ३ अर्ब ६ करोड रूपैँया बराबरको ९,५७० मेटन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्ले देखाएको छ । बोर्डको तथ्याङ्क अनुसार आ.व. २०७५।७६ मा २५,२०५ मेटन चिया उत्पादन हुँदा आ.व. २०७६।७७ मा २४,११८ मेटन चिया उत्पादन भएको थियो । उत्पादनमा केहि गिरावट आउँदा कोरोना महामारीका बीच पनि चियाको निर्यातमा उल्लेखनिय वृद्धि हुनु उपलब्धीको रूपमा लिन सकिन्छ ।
नेपालले धेरै उपभोग्य वस्तुहरू आयात गर्नु परेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफै उत्पादन गरि आत्मनिर्भर भएको पनि धेरै भईसक्यो । स्वदेशमा चिया उपभोग गरि बढि भएको उत्पादन भारत लगायतका तेश्रो मुलुकमा निर्यात गर्नुपरेको अवस्था हाल विद्यमान छ । नेपाली चियाको खपत वार्षिक २०० ग्राम प्रति व्यक्ति भन्दा कम रहेको अनुमान गरिन्छ । छिमेकी मुलुक भारतमै वार्षिक ३३० ग्राम प्रति व्यक्ति खपत रहेको सन्दर्भमा नेपालमा चिया उपभोग अत्यन्तै न्यून रहेको आँकलन गर्न सकिन्छ । तसर्थ, आन्तरिक खपत वृद्धि गर्न निर्यातका अलावा स्वदेशी बजार विस्तारमा चिया उद्यमी र सरोकारवालाहरू लाग्नु पर्ने देखिन्छ। चियामा पाइने Theaflavin तत्वले नोभेल कोरोना भाइरसको असरलाई रोक्न सक्ने Tea Research Association ले अनुसन्धानबाट पत्ता लगाएको सन्दर्भमा यस महामारीलाई चियाको बजार विस्तार गर्ने अवसरको रूपमा लिन सकिन्छ । आगामी दिनमा बोर्डले चियाको आन्तरिक बजार प्रवर्द्धनमा रणनीतिक रूपमा अघि बढ्ने कुरा २५ औँ राष्ट्रिय चिया दिवसको अवसरमा व्यक्त गर्न चाहन्छौँ ।
अन्त्यमा, चिया कृषक, उद्योगी व्यवसायी, सहकारी, चिया पारखी र सबै सरोकारवालाहरूमा राष्ट्रिय चिया दिवसको शुभकामना अर्पण गर्दछु ।
डा. विष्णु प्रसाद भट्टराई
कार्यकारी निर्देशक
- २७ औं राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड कार्यकारी निर्देशकज्यूको शुभकामना
- २७ औं राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड अध्यक्ष तथा कृषि मन्त्रीज्यूको शुभकामना
- नेपालि चिया निर्यात गर्ने सम्बन्धमा
- २५ औँ राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड कार्यकारी निर्देशकज्यूको शुभकामना
- २५ औँ राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड अध्यक्ष तथा कृषि मन्त्रीज्यूको शुभकामना
- आ.व.२०७९/८० मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य
- १८ औं राष्ट्रिय कफी दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रेषित सन्देश
- १८ औं राष्ट्रिय कफी दिवसको अवसरमा कार्यकारी निर्देशकज्यूबाट प्रेषित सन्देश
- आ.व. २०७७।०७८ मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य
- आ.व. २०७६।७७को लागि कच्चा कफीको न्युनतम् मूल्य निर्धारण बारे सूचना