स्वागत छ

नेपाली चिया
चिया इतिहास
चिया सङ्घ / संस्थाहरू
चिया तथ्याङ्क
चिया सप्लायर्स
चिया MIS
Tea Potiential Area
Tea statistics
Nepali Coffee
नेपाली कफी
कफी इतिहास
कफी सङ्घ / संस्थाहरू
कफी तथ्याङ्क
कफी सप्लायर्स
कफी MIS
Coffee Potential Area
Coffee Stastistics
Production Trade Summary

सूचना

पोखरा कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना-कार्यक्रम संचालन हुने कार्यक्षेत्र: बाग्लुङ, पर्वत, कास्की, लम्जुङ र गोरखा।

२३ पुष २०८१, मङ्गलवार

सोलुखुम्बु कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना-कार्यक्रम संचालन हुने कार्यक्षेत्र: ओखलढुङ्गा र उदयपुर

२३ पुष २०८१, मङ्गलवार

प्यूठान कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना-कार्यक्रम संचालन हुने कार्यक्षेत्र: 1.मध्यपहाडी लोकमार्ग केन्द्रित कफी डेमोसट्रेसन प्लट (१० रोपनीको नमुना कफी बगैंचा) निर्माण सहयोग कार्यक्रम - रुकुम पश्चिम, जाजारकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडी जिल्ला । 2. लुम्विनी प्रदेशका कफी उत्पादन हुने संभावित जिल्लाहरुमा कफी डेमोसट्रेसन् प्लट (१० रोपनीको कफी बगौँचा) निर्माण सहयोग कार्यक्रम - रुकुम पुर्व, गुल्मी, पाल्पा, प्यूठान, अर्घाखाँची र रोल्पा जिल्ला ।

२३ पुष २०८१, मङ्गलवार

नुवाकोट कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना-कार्यक्रम संचालन हुने कार्यक्षेत्र: नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक र धादिङ (वागमती प्रदेश)

२३ पुष २०८१, मङ्गलवार

तेह्रथुम कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना

११ पुष २०८१, बिहिवार

सूचना

२० मंसिर २०८१, बिहिवार

समाचार

नेपाली कफी - Standart कफी सम्बन्धी पत्रिका

१८ पुष २०८०, बुधवार

कोरोनाको असर चिया उत्पादनमा पनि

१५ वैशाख २०७८, बुधवार

Tea growers set to reap virus bonanza as prices soar amid lower production

१५ साउन २०७७, बिहिवार

नेपाली कफी : विदेशमा माग उच्च, उत्पादन सुस्त

१५ साउन २०७७, बिहिवार

लकडाउन खुलेपछि न्युजिल्याण्डमा कफी र फास्टफुडप्रेमी रमाए

१ साउन २०७७, बिहिवार

बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

१ साउन २०७७, बिहिवार

प्रकाशनहरु

अध्ययन प्रतिवेदन

चिया कफी स्मारिका

प्रचार सामाग्री

प्राविधिक पुस्तिका

स्वागत छ

मिति: २५ असोज २०७५, बिहिवार हिट: 1

परिचय

कृषि तथा पशुपन्छी विकास मन्त्रायलको संरक्षणमा रहेको राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड २०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत स्थापित बस्तुगत बोर्ड हो। चिया तथा कफी खेती र प्रशोधन गर्ने कार्यमा सामन्जस्य ल्याउन, आधुनिक प्रविधिको प्रयोगद्वारा उच्च गुणस्तरको चिया तथा कफी उत्पादन गर्ने र बजार व्यवस्थापन तथा निकासी पैठारी गर्नका लागि ठोस नीति निर्माण गरी देशमा भएको चिया तथा कफी उद्योगको योजनाबद्ध रूपमा विकास गर्नु बोर्डको प्रमुख उद्देश्य हो ।

 

उद्देश्यहरू

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ ले निम्नानुसार बोर्डको उद्देश्यहरू तोकेको छ । 

क) चिया तथा कफी उद्योगको विकासका लागि उत्पादन, प्रशोधन, बजार व्यवस्थापन तथा निकासी पैठारी सम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने ।

ख) चिया तथा कफी खेती वा उद्योगको विकासमा देखा परेका समस्याहरूको निराकरणका उपायहरू पत्ता लगाउने ।

ग) चिया तथा कफी उद्योगको विकासका लागि चिया तथा कफी खेती र प्रशोधन निम्ति आवश्यक  पर्ने सामग्रीहरूको आपूर्तिको व्यवस्था गर्ने, गराउने ।

घ) चिया तथा कफी उद्योगको विकासका लागि तालिम तथा अनुसन्धान केन्द्र स्थापना गरी चिया तथा कफी उद्योगमा कार्यरत व्यक्ति वा संस्थाहरूलाई आधुनिक प्राविधिक ज्ञान, प्रशिक्षण र प्राविधिक सहयोग उपलब्ध गराउने ।

ङ) चिया तथा कफी उद्योगको विकाासका लागि आवश्यक अध्ययन गर्ने, गराउने ।

च) चिया तथा कफी उद्योगको क्षेत्रमा कार्यरत संस्थाहरूसँग समन्वय गर्ने ।

छ) चिया तथा कफी उद्योगलाई सहयोग पुर्याउने ।

 

कार्यविवरण

१. चिया तथा कफी उत्पादन एवम् प्रवर्धनसँग सम्बन्धित आवश्यक सबै नीतिहरूको तर्जुमा

२. सम्भावित ठाउँमा चिया तथा कफी खेतीको सम्भाव्यता अध्ययन

३. चिया तथा कफी उद्योगका कृषकहरूलाई सेवा

४. चिया तथा कफी प्राविधिकहरूको क्षमता अभिवृद्धि

५. राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय तहमा बजारको  सर्वेक्षण

६. चिया तथा कफीको गुणस्तर व्यवस्थापन

७. नेपाली चिया र कफीको ब्राण्ड विकास तथा बजारीकरण

८. चिया तथा कफी खेतीको विस्तार ।

 

उपलब्धीहरू

१. नेपाल सरकारले राष्ट्रिय चिया नीति २०५७ र राष्ट्रिय कफी नीति २०६० स्वीकृत गरी लागु गरेको छ ।

२. नेपाल सरकारले बैशाख १५ लाई राष्ट्रिय चिया दिवस र मङ्सिर १ लाई राष्ट्रिय कफी दिवसको रूपमा घोषणा गरेको छ र सोही अनुरूप हरेक वर्ष मनाइँदै आएको छ।

३. नेपाली चिया र कफीलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने उद्देश्यले नेपाली चिया र कफीको छुट्टाछुट्टै राष्ट्रिय प्रतिकचिन्हको विकास गरी कार्यान्वयन गरेको छ ।

४. नेपाली चियाको प्रतिकचिन्हलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा परिचित गराउन हुलाक टिकट पनि प्रकाशित गरिएको छ ।

५. "एसियामा चिया" भन्ने मूल नाराका साथ २०५६ असोज २० गते काठमाडौंमा चौथो  अन्तर्राष्ट्रिय एसियाली चिया सम्मेलनको सफल आयोजना गरिएको थियो ।सम्मेलनमा श्रीलङ्का, भारत, बङ्गलादेश, थाइल्याण्ड, जापान र रूसका प्रतिनिधिहरूले भाग लिएका थिए ।

६. नेपाली चियालाई युरोपेली बजारमा चिनाउने उद्देश्यले २०५९ श्रावण ५ गतेदेखि १० गतेसम्म नेपाल चिया महोत्सव लण्डन २००२ को  सफल आयोजना गरिएको थियो ।

७. नेपाल २०६४मा अन्तर्राष्ट्रिय चिया समिति International Tea Committee (ITC) को सदस्य बनेको थियो भने अन्तर्राष्ट्रिय कफी सङ्घ International Coffee Organization (ICO) को पनि सदस्य २०७४ सालमा लिएको छ ।

८. "Discovering hidden treasure ..." भन्ने मुल नाराका साथ २०७४ चैत्र २३-२५ सम्म तेश्रो अन्तर्राष्ट्रिय चिया महोत्सव अायोजना गरिएको थियो । सगरमाथाको स्याङ्बोचे क्षेत्रमा गरिएको चियापान समारोह प्रमुख अाकर्षण रहेको महोत्सवमा १३ मुलुकका अन्तर्राष्ट्रिय चिया जगतका विशिष्ट पाहुनाहरूले सहभागिता जनाएका थिए ।

के तपाईं आफूले हेरेको जानकारीबाट सन्तुष्ट हुनुहुन्छ?