चक्लाबन्दीमा कफी खेती विस्तार र कफी नर्सरी स्थापना कार्यक्रमको लागि अनुदान प्रस्ताव आह्वान सम्बन्धी सूचना
चक्लाबन्दीमा कफी खेती विस्तार र कफी नर्सरी स्थापना कार्यक्रमको लागि अनुदान प्रस्ताव आह्वान सम्बन्धी सूचना
चक्लाबन्दीमा कफी खेती विस्तार र कफी नर्सरी स्थापना कार्यक्रमको लागि अनुदान प्रस्ताव आह्वान सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति 2079/4/24
दोश्रो पटक प्रकाशित मिति 2079/5/28
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आ.व 2079/080 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चक्लाबन्दीमा कफी खेती विस्तार र कफी नर्सरी स्थापना कार्यक्रमको कार्यान्वयनका लागि न्यूनतम ५० रोपनी जग्गा चक्लावन्दी गरी कफी रोपण तथा व्यवस्थापन गर्न वा न्यूनतम पचास हजार विरूवा उत्पादनका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने सम्बन्धमा "राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट संचालन गरिने कार्यक्रम कार्यान्वयन (प्रथम संशोधन) कार्यविधि २०७५" को विधि नं. 4(ख)मा भएको व्यवस्था बमोजिम प्रस्ताव आह्वानका लागि यो सूचना प्रकाशित गरिएको छ। इच्छुक कृषक समुह, फर्म, उद्योग, सहकारी, संघ/संस्थाहरूले तपशिल बमोजिमका कागजातहरू संलग्न गरी दोश्रो पटक प्रकाशित मितिबाट 7 दिन भित्र प्रस्ताव पेश गर्न सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
तपशिल
- अनुसूची- 2 बमोजिमको निवेदन
- अनुसूची- 3 बमोजिमको परियोजना प्रस्ताव
- कफी क्षेत्र विस्तारका लागि जोडिएको कित्ता भएको न्युनतम् ५० रोपनी जग्गाको लालपुर्जाको छाँयाकपी वा जग्गाधनीसँगको लिज सम्झौता र परियोजनास्थल मार्क गरिएको नापी विभागको नक्साको छाँयाकपी।
- कफी नर्सरी स्थापनाका लागि न्युनतम ५० हजार विरूवा उत्पादन गर्न प्रस्तावित 16*32 वर्ग मिटरको नर्सरी स्थापनाको लागि आवश्यक जग्गाको लालपुर्जाको छाँयाकपी वा जग्गाधनीसँगको लिज सम्झौता।
- नविकरण सहितको संस्था दर्ता प्रमाणपत्र।
- स्थायी लेखा नम्बर (पान) प्रमाणपत्रको प्रतिलिपि।
- संस्थाको प्रमुख व्यक्तिको नागरिकताको प्रतिलिपि।
- सम्बन्धित स्थानिय तहको सिफारिस
अनुदान रकम
- चक्लाबन्दीमा कफी विस्तार कार्यक्रमको लागि प्रति रोपनी तीस हजारको दरले हुन आउने रकममा पचास प्रतिशत अनुदान।
- कफी नर्सरी स्थापनाको लागि अधिकतम् रू ७,६९,850/- मा पचास प्रतिशत अनुदान ।
प्रस्तावना बुझाउन सकिने कार्यालयहरू
केन्द्रीय कार्यालय, कीर्तिपुर, काठमाण्डौ
बोर्डको प्रादेशिक कार्यालयहरू झापा र पोखरा
चिया तथा कफी विकास कार्यालयहरूः फिक्कल, जस्वीरे, मंगलबारे, पाँचथर, धनकुटा, तेह्रथुम, नुवाकोट र प्युठान
शर्तहरू
बोर्डले तोकेको मापदण्ड र कार्ययोजना अनुसार कार्यक्रम कार्यान्वयन गर्नुपर्नेछ ।
नोट:-कार्यविधि, अनुसूची एवम् अन्य जानकारीका लागि बोर्डको सूचना पाटी वा वेभसाइट www.teacoffee.gov.np/np मा हेर्न सक्नु हुनेछ।
- नेपालि चिया निर्यात गर्ने सम्बन्धमा
- २५ औँ राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड कार्यकारी निर्देशकज्यूको शुभकामना
- २५ औँ राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड अध्यक्ष तथा कृषि मन्त्रीज्यूको शुभकामना
- सन्दर्भः २५ औँ राष्ट्रिय चिया दिवस
- २४ औँ राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड अध्यक्ष तथा कृषि मन्त्रीज्यूको शुभकामना
- आ.व.२०७९/८० मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य
- १८ औं राष्ट्रिय कफी दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रेषित सन्देश
- १८ औं राष्ट्रिय कफी दिवसको अवसरमा कार्यकारी निर्देशकज्यूबाट प्रेषित सन्देश
- आ.व. २०७७।०७८ मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य
- आ.व. २०७६।७७को लागि कच्चा कफीको न्युनतम् मूल्य निर्धारण बारे सूचना