कफी रोपण सम्बन्धी स्थानीय तहबीच अन्तरक्रिया
कफी रोपण सम्बन्धी स्थानीय तहबीच अन्तरक्रिया
अमृत अर्याल, स्याङजा ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कफी सुपरजोन परियोजना कार्यान्वयन इकाई गुल्मीको आयोजनामा आर्थिक बर्ष २०७६/०७७ को बार्षिक कार्यक्रम सार्वजनिक एवं स्थानीय तहबीच अन्तरक्रिया गरिएको छ ।
कफी सुपरजोन परियोजना कार्यान्वयन इकाइ गुल्मी प्रमुख उमानाथ भण्डारीले स्याङजा, गुल्मी, अर्घाखाँची, प्यूठान र पाल्पा जिल्लालाई समेटेर कफि सुपरजोन बनाएको जानकारी गराउदै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाले किसानलाई ब्यावसायिक कफी खेती गर्न सुझाव दिदै कफी ब्यवसायी किसानलाई कफी बिरुवा, यन्त्रिकरण, मल लगायत आवश्यक पर्ने तत्वहरुमा राज्यले ५० प्रतिशत अनुदानको ब्यवस्था गरेको बताउदै आफ्ना पाखाबारीमा कफीका बिरुवा रोपण गरी आर्थिकोपार्जन गर्न आग्रह गर्नुभयो ।
भण्डारीले आर्थिक बर्ष २०७३ देखि २०८२ सम्म १० बर्षे संचालित परियोजना स्याङजाका ११ वटै पालिकासंग समन्वय गर्दै कफी ब्यवसायलाई प्रवद्र्धन एवं परम्परागत कफी खेती प्रणालीलाई ब्यवसायिक कफी खेती प्रणालीमा रुपान्तरण गर्ने परियोजनाको लक्ष्य रहेको जानकारी गराउनुभयो । कार्यक्रममा पुतलीबजार नगरपालिका आर्थिक समिति संयोजक बाबुकाजी जीटी, कफी परियोजना ब्यवस्थापन समितिका सदस्य फणिनारायण अर्याल लगायतले जिल्लामा उत्पादित कफी र किसानका बारेमा जानकारी गराउनुभएको थियो ।
जिल्ला समन्वय समिति स्याङजाका सदस्य सीता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कफी ब्यवसायी संघ स्याङजाका अध्यक्ष ख्यामनारायण शर्माले स्वागत एवं कफी ब्यवस्थापक माया तिवारीले संचालन गर्नुभएको थियो । सुपरजोन अन्तर्गत गतबर्ष ५ जिल्लाका १९ स्थानीय तहका ७ सय ६७ हेक्टरमा कफी खेती गरिएको थियो भने १ सय ५२ मेट्रिक टन कफी उत्पादन भएको थियो । स्याङजामा भने पुतलीबजार र वालिङ नगरपालिका तथा बिरुवा, फेदिखोला र अर्जुनचौपारी गाउपालिकामा परियोजना लागु भएको छ ।
नगदे बालीका रुपमा परिचित कफी स्याङजामा ३ सय १६ हेक्टरमा, गुल्मीमा १ सय ६३ हेक्टरमा, अर्घाखाचीमा १ सय ३५ हेक्टरमा, पाल्पामा १ सय २२ हेक्टरमा र प्यूठानमा ३१ हेक्टरमा रोपिएका छन् । किसानले समूह, सहकारी, नीजि रुपमा समेत कफी लगाउदै आएका छन् । ५ जिल्लामा गरी २८ वटा समूह सहकारी र नीजि सहित गरी सुपरजोनमा ७ सय ८६ जना कफी किसान आवद्ध छन ।
स्रोतः नेपाल समाचारपत्र
प्रकाशित मितिः १ पुष २०७६, मंगलवार
- NEPAL TEA QUALITY FROM THE HIMALAYAS ट्रेडमार्क प्रयोगबारे सूचना
- २७ औं राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड कार्यकारी निर्देशकज्यूको शुभकामना
- २७ औं राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड अध्यक्ष तथा कृषि मन्त्रीज्यूको शुभकामना
- नेपालि चिया निर्यात गर्ने सम्बन्धमा
- २५ औँ राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड कार्यकारी निर्देशकज्यूको शुभकामना
- आ.व.२०८०/८१ मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य
- १९ औं राष्ट्रिय कफी दिवसको अवसरमा कार्यकारी निर्देशकज्यूबाट प्रेषित सन्देश।
- १९ औं राष्ट्रिय कफी दिवसको अवसरमा माननीय कृषि तथा पशुपन्छी विकास मन्त्रीज्यू बाट प्रेषित सन्देश
- आ.व.२०७९/८० मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य
- १८ औं राष्ट्रिय कफी दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रेषित सन्देश