इतिहास

नेपाली चिया
चिया इतिहास
चिया सङ्घ / संस्थाहरू
चिया तथ्याङ्क
चिया सप्लायर्स
चिया MIS
Tea Potiential Area
Tea statistics
Nepali Coffee
नेपाली कफी
कफी इतिहास
कफी सङ्घ / संस्थाहरू
कफी तथ्याङ्क
कफी सप्लायर्स
कफी MIS
Coffee Potential Area
Coffee Stastistics
Production Trade Summary

सूचना

राय तथा सुझाव उपलब्ध गराउने सम्बन्धमा

६ चैत २०८०, मङ्गलवार

नेपाली सिटिसी चियाको ट्रेडमार्क डिजाइन बारे

१७ पुष २०८०, मङ्गलवार

निशुल्क क्याफे वारिष्ता तालिममा सहभागी हुन इच्छुकहरुको लागि आवेदन दिने सम्बन्धि सूचना

२६ मंसिर २०८०, मङ्गलवार

सूचना

३० असोज २०८०, मङ्गलवार

जानकारी सम्बन्धमा

७ असोज २०८०, आइतवार

बैकंको मुद्दती खातामा संस्थागत दररेट र अन्य सुविधाहरूको बारेमा लिखित प्रस्ताव तथा जानकारी उपलब्ध गराउने बारे।

२२ भदौ २०८०, शुक्रवार

समाचार

नेपाली कफी - Standart कफी सम्बन्धी पत्रिका

१८ पुष २०८०, बुधवार

कोरोनाको असर चिया उत्पादनमा पनि

१५ वैशाख २०७८, बुधवार

Tea growers set to reap virus bonanza as prices soar amid lower production

१५ साउन २०७७, बिहिवार

नेपाली कफी : विदेशमा माग उच्च, उत्पादन सुस्त

१५ साउन २०७७, बिहिवार

लकडाउन खुलेपछि न्युजिल्याण्डमा कफी र फास्टफुडप्रेमी रमाए

१ साउन २०७७, बिहिवार

बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

१ साउन २०७७, बिहिवार

प्रकाशनहरु

अध्ययन प्रतिवेदन

चिया कफी स्मारिका

प्रचार सामाग्री

प्राविधिक पुस्तिका

इतिहास

मिति: २० पुष २०७६, आइतवार हिट: 201

नेपालमा चिया खेतीको इतिहास निकै लामो छ । वि.सं. १९२०मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कँदा चिनिया जातको चियाको बीउ उपहार स्वरूप तत्कालीन चिनिया सम्राटबाट लिई नेपालमा भित्र्याएका थिए भनिन्छ। सो चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं.१९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरूवात भएको देखिन्छ ।त्यो त्यही दसक हो, जुन बेला दार्जिलिङमा पनि चिया खेती प्रारम्भ गरिएको थियो ।

तर जहानिया राणा शासनको अगाडि नेपालमा शुरूवाती अवस्थामा रहेको चिया उद्योग त्यति फस्टाउन सकेन । उता दार्जिलिङतिर भने चिया खेती तथा उद्योग विस्तार एवम् विकास हुँदै गयो ।

वि.सं. २००७ सालको प्रजातन्त्र प्राप्तिपछि मात्र नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गयो र यसको सकारात्मक प्रभाव चिया क्षेत्रमा पनि पर्यो।फलस्वरूप वि.सं. २०१६सालमा झापा जिल्लाको रड्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भयो । त्यस्तै, सरकारी स्तरमा पनि वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो ।शुरूवाती दिनहरूमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नु पर्ने अवस्था थियो ।यस कुरालाई ध्यानमा राखी वि.सं. २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना गरियो ।

वि.सं. २०३५ देखि २०४५ को एक दसकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रत्साहनका कार्यक्रमहरू गर्यो ।विस्तारै विस्तारै चिया उद्योगले गति लिँदै गयो र एउटा नाफामूलक व्यवसायको रूप लिन थाल्यो ।चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानलाई ह्रदयंगम गर्दै वि.सं. २०३९ सालमा तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम)लाई चियाक्षेत्र घोषणा गर्यो ।

चिया विकास निगम नाफामूलक संस्था भएकाले चिया क्षेत्रको थप विस्तार एवम् विकासका लागि सरकारी स्तरकै गैरनाफामूलक संस्थाको अवश्यकता महसुस गरियो । फलस्वरूप वि.सं.२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो ।

के तपाईं आफूले हेरेको जानकारीबाट सन्तुष्ट हुनुहुन्छ?