8th Asia Pacific Tea Competition चियाको नमूना पठाउने सम्बन्धि सूचना
प्रस्तुत विषयमा Tea Industry Committee of China Association को आयोजना तथा १७ राष्ट्रका टि एसोसिएसनहरुको सह-आयोजनामा १७ अप्रिल, २०२३ मा चीनमा आयोजना हुने 8th Asia Pacific Tea Competition मा सहभागी हुन इच्छुक चिया उत्पादक तथा व्यवसायी संघ/संस्थाहरुलाई आफ्नो चियाको नमूना तथा सोको विवरण सहित मिति २०७९ चैत्र १९ गते भित्र बोर्डको केन्द्रिय कार्यालयमा आइपुग्ने गरि पठाउनुहुन जानकारी गराईन्छ ।
१. सहभागिताका लागि २५० ग्रामका ३ वटा प्याकेट तयार गरि जम्मा ७५० ग्राम चियाको नमूना उपलब्ध गराउनु पर्ने छ । नमूना पठाउदा हावा नछिर्ने तथा संक्रमणरहित प्याकेजिंग गरेको हुनुपर्ने छ ।
२. एउटा कम्पनिले बढीमा २ प्रकारका चियाका नमुना मात्रै उपलब्ध गराउन सक्नेछ ।
३. प्रतिष्पर्धाका लागि उपलब्ध गराउन सकिने चियाका प्रकारहरु (Tea Categories)
Green Tea |
Black Tea |
White Tea |
Oolong Tea |
Dark Tea |
Yellow Tea |
Reprocessed Tea |
Substitute Tea |
Blending Tea |
Others |
४. प्रत्येक नमूनाहरुमा तपशिल बमोजिमको विवरण सहित मार्क गरेको हुनुपर्ने छ ।
8th Asia Pacific Tea Competition |
|
Tea Category |
|
Tea Name |
|
Company Name |
(Should be stamped with official seal)
|
- प्राप्तनमूनाहरु बोर्डमा छनौट तथा मूल्यांकन पश्चात मात्रै पठाईने छ ।
सम्पर्क तथा जानकारीका लागि
015907109, 9857036415, 9860961221