नेपाली कफी 'उच्चकोटीको' तर उत्पादन …

नेपाली चिया
चिया इतिहास
चिया सङ्घ / संस्थाहरू
चिया तथ्याङ्क
चिया सप्लायर्स
चिया MIS
Tea Potiential Area
Tea statistics
Nepali Coffee
नेपाली कफी
कफी इतिहास
कफी सङ्घ / संस्थाहरू
कफी तथ्याङ्क
कफी सप्लायर्स
कफी MIS
Coffee Potential Area
Coffee Stastistics
Production Trade Summary

सूचना

पोखरा कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना-कार्यक्रम संचालन हुने कार्यक्षेत्र: बाग्लुङ, पर्वत, कास्की, लम्जुङ र गोरखा।

२३ पुष २०८१, मङ्गलवार

सोलुखुम्बु कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना-कार्यक्रम संचालन हुने कार्यक्षेत्र: ओखलढुङ्गा र उदयपुर

२३ पुष २०८१, मङ्गलवार

प्यूठान कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना-कार्यक्रम संचालन हुने कार्यक्षेत्र: 1.मध्यपहाडी लोकमार्ग केन्द्रित कफी डेमोसट्रेसन प्लट (१० रोपनीको नमुना कफी बगैंचा) निर्माण सहयोग कार्यक्रम - रुकुम पश्चिम, जाजारकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडी जिल्ला । 2. लुम्विनी प्रदेशका कफी उत्पादन हुने संभावित जिल्लाहरुमा कफी डेमोसट्रेसन् प्लट (१० रोपनीको कफी बगौँचा) निर्माण सहयोग कार्यक्रम - रुकुम पुर्व, गुल्मी, पाल्पा, प्यूठान, अर्घाखाँची र रोल्पा जिल्ला ।

२३ पुष २०८१, मङ्गलवार

नुवाकोट कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना-कार्यक्रम संचालन हुने कार्यक्षेत्र: नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक र धादिङ (वागमती प्रदेश)

२३ पुष २०८१, मङ्गलवार

तेह्रथुम कार्यालय कफी डेमोन्ष्ट्रेसन प्लट स्थापना सहयोग कार्यक्रम सम्बन्धि सुचना

११ पुष २०८१, बिहिवार

सूचना

२० मंसिर २०८१, बिहिवार

समाचार

नेपाली कफी - Standart कफी सम्बन्धी पत्रिका

१८ पुष २०८०, बुधवार

कोरोनाको असर चिया उत्पादनमा पनि

१५ वैशाख २०७८, बुधवार

Tea growers set to reap virus bonanza as prices soar amid lower production

१५ साउन २०७७, बिहिवार

नेपाली कफी : विदेशमा माग उच्च, उत्पादन सुस्त

१५ साउन २०७७, बिहिवार

लकडाउन खुलेपछि न्युजिल्याण्डमा कफी र फास्टफुडप्रेमी रमाए

१ साउन २०७७, बिहिवार

बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

१ साउन २०७७, बिहिवार

प्रकाशनहरु

अध्ययन प्रतिवेदन

चिया कफी स्मारिका

प्रचार सामाग्री

प्राविधिक पुस्तिका

नेपाली कफी 'उच्चकोटीको' तर उत्पादन …

मिति: २६ मंसिर २०७६, बिहिवार हिट: 408

नेपालमा उत्पादित कफी अन्तर्राष्ट्रिय रूपमा "उच्च स्तरको" पाइएको भन्ने समाचार सार्वजनिक भएको छ, कफी उत्पादनको दर भने त्यति सन्तोषजनक नभएको अधिकारीहरूले बताएका छन्।

करिब चार दशकअघि पश्चिमी पहाडी जिल्ला गुल्मीबाट नेपालमा व्यवसायिकरूपमा कफी उत्पादन सुरु गरिएको बताइन्छ। तर अहिलेसम्म नेपालमा वार्षिकरूपमा ५ सय मेट्रिक टनको हाराहारीमा मात्र कफी उत्पादन हुने गरेको अधिकारीहरूको भनाइ छ।

लामो समयदेखि गुल्मीको आँपचौरमा व्यवसायिक कफी खेती गर्दै आएका परशुराम आचार्य नेपालमा उत्पादित कफीलाई विश्व बजारले गुणस्तरीय ठाने पनि कफी खेतीप्रति सरकारी निकायको बेवास्ता गर्दा कफी किसानहरू उत्साहित हुन नसकेको बताउँछन्।

उनका अनुसार सरकारले कफी खेतीलाई प्रोत्साहन गर्ने हो भने नेपालमा कफी खेतीका प्रशस्त सम्भावना रहेको छ।

उनले भने, "सरकारले कफी किसानलाई राम्रो सहयोग गर्ने हो भने उत्पादन अझै बढाउन सकिन्छ।"

सम्भावना

नेपाल चिया तथा कफी विकास बोर्डले नेपाली कफीको गुणस्तरका बारेमा हालै एक रिपोर्ट सार्वजनिक गर्दै यो वर्ष अर्थात् सन २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० अंक पाएको वताएको छ।

बोर्डका अनुसार त्यो अंक छिमेकी मुलुक भारत र चीनले पाएकोभन्दा बढी हो।

पाँचथरमा बेचिने स्थानीय कफी

विगत पाँच वर्षदेखि नेपाली कफीलाई अन्तर्राष्ट्रिय परीक्षणमा पठाउन थालिएको हो। यो वर्ष लेकाली कफी स्टेट नुवाकोटले पहिलो पटक त्यति धेरै अंक पाएको बोर्डका निर्देशक दीपक खनालले वताए।

पछिल्लो परीक्षणले नेपालको कफी विश्व बजारमा "उच्चस्तरको" भएसँगै नेपालका लागि नयाँ अवसरहरू पनि आएको खनाल बताउछन्।

२०३२ सालमा गुल्मीबाट सुरु भएको कफी खेती अहिले देशको मध्यपहाडी क्षेत्रका सबैजसो जिल्लामा फैलिसकेको बोर्डको भनाइ छ।

नेपालमा उत्पादित कफीको मुख्य बजार युरोप र अमेरिका हो।

चिया तथा कफी विकास बोर्डका अनुसार ती देशवाट वार्षिक ८ हजार मेट्रिक टन नेपाली कफी माग हुदै आए पनि उत्पादन भने त्यसको तुलनामा निकै न्यून रहने गरेको छ।

स्रोत बीबीसी नेपाली सेवा

के तपाईं आफूले हेरेको जानकारीबाट सन्तुष्ट हुनुहुन्छ?