न्युनतम् मूल्य

चालु आ.व. २०७७।०७८ मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य निम्नानुसार निर्धारण गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

१. फ्रेस चेरी कफी: 
क) फ्रेस चेरी ग्रेड A: प्रति के.जी. रु ९०/–
(नोटः– ८०० मिटरभन्दा माथि प्राङ्गारिक पद्धती अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने, केलाएर छानिएको चेरीलाई ग्रेड A मानिनेछ ।)

ख) फ्रेस चेरी ग्रेड B : प्रति के.जी. रु ८०/–
(नोटः– ग्रेड A मा नपरेका अन्य कफीलाइ ग्रेड B मानिनेछ ।)

 

२. पार्चमेन्ट कफी: 
क) पार्चमेन्ट कफी ग्रेड A: प्रति के.जी.रु ४५०/–
(नोटः– ग्रेड A गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११% चिस्यान भएको पार्चमेन्टलाई “ग्रेड A” मानिनेछ ।)

ख) पार्चमेन्ट कफी ग्रेड B: प्रति के.जी.रु ३९७/–
(नोटः– ग्रेड B गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको पार्चमेन्टलाई “ग्रेड B” मानिनेछ ।)

 

३. ड्राई चेरी कफीः
क) ड्राईचेरी कफी ग्रेड A: प्रति के.जी.रु १४८/–
(नोटः– ग्रेड A गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, ११% चिस्यान भएको ड्राइ चेरीलाई “ग्रेड A” मानिनेछ ।)

ख) ड्राईचेरी कफी ग्रेड B: प्रति के.जी. रु ९५/–
(नोटः– ग्रेड B गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलाई “ग्रेड B” मानिनेछ ।)

 

माथि उल्लेखित मूल्यभन्दा तल कफीको कारोबार नगर्न, यदी कसैबाट भए बोर्डमा ०१–५९०७१०४ मा सम्पर्क गर्नु हुन समेत जानकारी गराइन्छ ।

 

विभिन्न वर्षहरूमा तोकिएको कफीको न्युनतम सहमत मूल्य

प्रकार

२०६७

२०६८

२०६९

२०७०

२०७१

२०७२

२०७३

२०७४

२०७५

२०७६ २०७७

फ्रेश चेरी A

30

35

40

50

62

80

83

83

85

85

90

फ्रेश चेरी B

-

-

-

-

-

75

78

78

80

70

80

पार्चमेन्ट A

150

170

200

225

285

400

415

415

425

425

450

पार्चमेन्ट B

-

-

-

-

-

375

400

400

410

375

397

ड्राइचेरी A

80

90

100

125

140

140

140

140

140

140

148

ड्राइचेरी B

55

60

75

90

100

100

100

100

100

90

95

ड्राइचेरी C

20

20

20

22

25

40

40

40

40

-