चिया वाली वीमा स्वीकृत

वीमा समितिबाट कृषि सम्बन्धि विभिन्न वीमालेखहरू तयार गरीरहेको सन्दर्भमा समितिको मिति २०७५।८।२६ गतेको निर्णयानुसार चिया खेतीको वीमालेख जारी गरेको छ । वीमाले आगलागी, चट्याङ्ग, भुकम्प, हिउँ, तुसारो, अधिक वर्षा, बाढी, डुबान, खडेरी, पहिरो, भूस्खलन, रोग कीरा तथा आकस्मिक दुर्घटनाजन्य कारणबाट हुने जोखिमहरूको रक्षावरण गरेको छ । चिया खेती वीमा गर्नका लागि न्युनतम् ०.०५ हेक्टर जग्गामा अधिकतम् ७०० बोट तराइमा र पहाडमा ७५० बोट सम्म हुनेपर्नेछ ।

वीमालेख डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Image