कार्यालय भवन सरेको बारे

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, केन्द्रीय कार्यालयको कार्यालय भवन नयाँ बानेश्वरबाट किर्तिपुर सरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्णय बमोजिम राष्ट्रिय किसान आयोग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्वारा एउटै भवनबाट कार्यसञ्चालन गरिनेछ । अब उपरान्त बोर्डलाई सम्पर्क गर्नुपर्दा निम्न ठेगानामा पत्राचार गर्नुहुन अनुरोध छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड,
केन्द्रीय कार्यालय,
किर्तिपुरमार्ग, किर्तिपुर, 44618
(आयुर्वेद क्याम्पसको अगाडी)

Google Maps मा कार्यालयको location पत्ता लाउन यहाँ क्लिक गर्नुहोस् ।