सन्दर्भः १५ औँ राष्ट्रिय कफी दिवस

२०७६ मंसिर १, गुल्मी

प्रिय पत्रकार मित्रहरू,

कफी उत्पादक किसान, स्टेट, प्रशोधक, विक्रेता, कफी उपभोक्ता र कफीलार्इ माया गर्ने सबै नेपालीहरूको महत्वपुर्ण चाडको रूपमा रहेको "राष्ट्रिय कफी दिवस" को १५ औँ संस्करण यही मंसिर १ गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन हुन गइरहेको छ । कफीसँग सरोकार राख्ने सबैले आ-आफ्नो स्थानमा हर्सोल्लासका साथ मनाइने कफी दिवसको मूल समारोह यस पटक नेपालमा कफीको उद्गम थलो मानिने गुल्मीमा मनाउने कार्यक्रम रहेको छ । वि.सं. १९95 सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको वीउ गुल्मीको आँपचौरमा रोपण गरे पछि नेपालमा कफी खेती सुरूवात भएको मानिन्छ । गुल्मीमा आयोजन हुने १५ औँ राष्ट्रिय कफी दिवसको मूल नारा यस प्रकार रहेको छः-

आर्थिक समृद्धिका लागि किसानको हात

गुणस्तरिय कफी रोपणमा हामी सबैको साथ ”

पत्रकार मित्रहरू,

महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा अघिल्लो महिना चिनियाँ राष्ट्रपति सि चिनफिङले नेपालको भ्रमण गर्नु भएको व्यहोरा सर्वविदितै छ । उहाँको सम्मानमा आयोजित रात्रीभोजको मेन्युमा गुल्मी कफी पनि समावेश भएको थियो । मात्रात्मक रूपमा थोरै उत्पादन भए पनि नेपाली कफीले गुणस्तरका सन्दर्भमा नेपाललार्इ चिनाउन थालिसकेको छ । स्पेसियालिटी कफीको रूपमा नाम कमाइसकेको नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको छ । एक दसक अघि कुलिन वर्गको मात्र पेय पदार्थको रूपमा लिइने कफी आज हरेक भान्साको सोभा बनिसकेको छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा पनि व्यापक वृद्धी भएको देखिन्छ । तर माग अनुसार आपुर्ती नहुँदा विगत केही वर्ष कफीको आयात बढेको तथ्याङ्कले देखाउँछ ।

आ.व. 2075/76 मा नेपालभर ५३० मे.टन ग्रीन वीन उत्पादन भएको थियो । सोही वर्ष ९ करोड 96 लाख बराबरको 84 मे.टन कफी निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ जुन अघिल्लो आ.व. कै जति परिमाण हो। तर कफी आयातको आँकडा भने लगभग ८ गुनाले बढेको देखिन्छ ।आ.व. 2074/75 मा जम्मा 163 मे.टन कफी आयात हुँदा आ.व. 2075/76 मा 1,262 मे.टन कफी आयात भएको विभागको तथ्याङ्कले देखाउँछ । पछिल्लो आ.व. कफी आयातमा 9 करोड 80 लाख रूपैयाँ विदेशिएको छ । कफीको आन्तरिक माग पुर्तीका लागि पनि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्नु पर्ने देखिन्छ ।

बोर्डले Geographical Indication System (GIS) मा आधारित रहेर गरेको अध्ययनले नेपालभर करिब 11 लाख 98 हजार 535 हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने र त्यस मध्य 61 हजार 228 हेक्टर क्षेत्रफल कफी खेतीका लागि अति उत्तम रहेको देखिएको छ । कफी उत्पादन बढाउनका लागि सम्भावित केही जिल्ला तथा स्थानिय तहहरूसँग बोर्डले योजनाबद्ध समन्वयात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जुन आगामी दिनमा अझ बढाएर लगिने छ । परिणामतः कफी विस्तार कार्यक्रमलार्इ स्थानिय तहहरूको नियमित कार्यक्रमको रूपमा कार्यान्वयन गरिने तत् तत् स्थानिय तहका जनप्रतिनिधिहरूले प्रतिवद्धता व्यक्त गरेका छन् । यसका अलावा व्यवसायिक कफी खेतीमा लगानी आकर्षण गर्न बोर्डले गएको बैशाख २ र ३ गते नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलन, 2076 आयोजना गरेको थियो। नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र स्याङ्जा जिल्लाहरूलार्इ कफी सुपर जोनको रूपमा विकास गरी कफीमा व्यवसायिकता बढाउने प्रयास गरिरहेकाले आगामी दिनहरूमा कफीको उत्पादनमा उल्लेख्य वृद्धी हुने आँकलन गर्न सकिन्छ ।

 

मूल्य निर्धारण सन्दर्भमा

२०७6 मंसिर १ गते देखि लागु हुने गरी यस वर्षको कच्चा कफीको मूल्य निम्नानुसार तोकिएको छ ।

फ्रेस चेरी कफी

ग्रेड A रू 8५।- प्रति केजी (नोटः- 800 मिटरभन्दा माथि, प्राङ्गारिक पद्धती अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने, केलाएर छानिएको चेरीलार्इ ग्रेड मानिने छ ।)

ग्रेड B रू 75।- प्रति केजी (नोटः- ग्रेड मा नपरेका अन्य कफीलार्इ ग्रेड B मानिनेछ ।)

पार्चमेन्ट कफी

ग्रेड A रू ४२५।- प्रति केजी (नोटः- ग्रेड A गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११% चिस्यान भएको कफी पार्चमेन्टलार्इ ग्रेड A मानिनेछ ।)

ग्रेड B रू 375।- प्रति केजी (नोटः- ग्रेड B गुणस्तरको कफीबाट उत्पादन भएको पार्चमेन्टलार्इ ग्रेड B मानिनेछ ।)

ड्राइ चेरी कफी

ग्रेड A रू 140।- प्रति केजी (नोटः ग्रेड A गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलार्इ ग्रेड A मानिनेछ ।)

ग्रेड B रू 90।- प्रति केजी (नोटः ग्रेड B गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलार्इ ग्रेड B मानिनेछ ।)

विभिन्न वर्षहरूमा तोकिएको कफीको न्युनतम सहमत मूल्य

प्रकार

2067

2068

2069

2070

2071

2072

2073

207४

२०७५

2076

फ्रेश चेरी A

30

35

40

50

62

80

83

83

85

85

फ्रेश चेरी B

-

-

-

-

-

75

78

78

80

75

पार्चमेन्ट A

150

170

200

225

285

400

415

415

425

425

पार्चमेन्ट B

-

-

-

-

-

375

400

400

410

375

ड्राइचेरी A

80

90

100

125

140

140

140

140

140

140

ड्राइचेरी B

55

60

75

90

100

100

100

100

100

90

तथ्याङ्कमा कफी

आयात निर्यात

 

रोपण तथा उत्पादन

आ.व.

निर्यात

परिमाण (मे.टन)

निर्यात मूल्य

(रू ,०००)

आयात

परिमाण (मे.टन)

आयात मूल्य

(रू ,०००)

 

आ.व.

रोपण क्षेत्र

(हे)

उत्पादन

(मे.टन)

2071.072

99=59

99176=00

63=80

24991=00

 

2071.072

2381

463=58

2072.073

111=17

107901=00

105=03

55541=00

 

2072.073

2618

434

2073.074

94=60

84538=93

99=36

50402=42

 

2073.074

2646

466

2074.075

84=22

93725=45

163=38

65891=94

 

2074.075

2650

513

2075.076

84=13

99,616=15

1,262=41

98,014=00

 

2075.076

2761

530

 

दीपक खनाल 

नि. कार्यकारी निर्देशक