सूचना!!

सूचना!!

प्रकाशन मिति २०७५ फाल्गुन २८

 

नेपालमा कफी खेती साना किसानस्तरबाट मात्र भइरहेको परिप्रेक्षमा कफी खेतीलाइ व्यावसायीक रूपमा प्रवर्दन गर्दै कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न ठूला लगानीकर्ताहरूलाई समेत आकर्षित गर्ने उद्देश्यले काठमाण्डौंमा मिति २०७६ साल बैशाख २ र ३ गते नेपाल कफी व्यवसाय प्रवर्दन सम्मेलन,२०७६”( Nepal Coffee Enterprise Promotion Summit,2019) आयोजना हुने भएकोले सो सम्मेलनमा निशुल्क स्टल राखी आफ्नो उत्पादन एवं नेपाली कफीको प्रचारात्मक कृयाकलापमा संलग्न हुन राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा दर्ता भइ सदस्यता प्राप्त गरेका सबै कफी सरोकारवालाहरूमा जानकारी गराइन्छ ।साथसाथै दर्ताकालागि इच्छुक सम्पूर्ण कफी व्यावसायी तथा प्रशोधनकर्ताले यहि मिति २०७५ चैत्र २० गतेभित्र बोर्डको केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा लिखित निवेदनका साथ सम्पर्क गर्नका लागि सूचित गरिन्छ ।

सम्पर्क नम्बर: ०१-४४९०३७१ 

मोबाइल नं.:९८६०९६१२२१

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

नयाँ बानेश्वर, काठ्माण्डौं ।

                                          

        

    .........................................

दीपक खनाल

निर्देशक तथा सचिवालय संयोजक

 नेपाल कफी व्यवसाय प्रवर्दन सम्मेलन, २०७६

Image