निर्यात व्यपारमा चियाको भर, मेची भन्सारको अनुपात ६०÷४०

 

शम्भु दाहाल
झापा । देशले आयात प्रतिस्थापन गरी निर्यात बढाउन नसकेर ब्यापार घाटा ब्यहोर्दै आइरहेको अवस्थामा मेची भन्सार कार्यालय मार्फत भैरहेको कारोबार अन्य नाकाको तुलनामा सन्तोषजनक रहेको पाइएको छ । गत वर्ष यस कार्यालय मार्फत दश अर्व अठार करोड रुपया बराबरको आयात र ६ अर्व अठार करोड बराबरको निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । नेपालको पूर्वी यस नाकाबाट मुख्य गरेर कृषिजन्य उत्पादनहरु निर्यात हँुदै आएको छ । समग्रमा आयात निर्यात अनुपात ६०÷४० रहेको कार्यालयले जनाएको छ ।

बिषेश गरी बिभिन्न किसिमबाट तयार गरिएको चिया नै यस नाकाँबाट निर्यात पादन रहेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले बताए । प्रमुख अर्यालका अनुसार सम्पुर्ण निर्यातको ४४ प्रतिशत हिस्सा चियाले धानेको छ । यस्तै यो नाका मार्फत मुसुरोको दाल, काँचो अदुवा, सुकेको अदुवा, धानको भुष, कर्कटपाता लगायतका सामग्री निर्यात हुँदै आएकाछन् ।

पेटोलियम पदार्थ, सिमेन्ट बनाउन प्रयोग गरिने क्लिङकर, कोइला लगायतका सामग्रीको आयात अत्याधिक रहेकाले कृषिजन्य उत्पादनको निर्यातको भरमामात्र व्यपार सन्तुलन गर्न नसकीने प्रमुख अर्यालको भनाई रहेको छ ।
यस्तै आयतित सामाग्रीको भन्सार राजस्वमा हुने गरेको बृद्धिका कारण निर्यात भन्दा आयात बढी देखिएको भएपनि त्यसबीचमा धेरै ठूलो फरक भने नभएको अर्यालको भनाई रहेको छ । तर, हाल हुँदै आएको ब्यापार घाटा घटाउन उत्पादनमा जोड नदिने हो भने भविष्यमा ठुलो समस्या आउने उनको ठम्याई छ ।

कृषिजन्य उत्पादन बाहेक अन्य औद्योगिक उत्पादन निर्यात गर्न नसक्नु, भारातिय बजारका सामानसँग तुलनागर्न सक्ने गरि उत्पादन गर्न नसक्नाले पनि व्यापार घाटा रहेको स्थानिय व्यवसायी टंक कार्कीको भनाई छ ।

पहिलेको तुलतामा अदुवा,कुच्चो, अलैची लगायतका कृषिजन्य सामाग्रीको पनि निर्यात घटेको छ । यी कृषि उत्पादनको बिक्रिमुल्यमा एक रुपता नहुनु, रोगका कारण उत्पान घटे पछि निर्यात कम भएको हो । अदुवा बारीमै कुहिने र रोगको पहिचान गर्न नसकिने सरकारले कुनै सहयोग नगर्ने कारणले बार्षिक सयौ मन अदुवा उत्पादन गर्ने इलाम रोङ्ग ४ का कृषक बीरबहादर राई अहिले कषि पेष नै छाडे बिदेशिएको बताउँछन् ।

सरकारले कृषिजन्य उत्पादनको न्युनतम मुल्य कायम गरेर कृषकलाई प्राविधिक सहयोग ग्यारेन्टीका साथ नगर्ने हो भने कृषीजन्य उत्पादनले मात्र धान्दै आएको निर्यात अझ ओराले लाग्ने स्थानिय व्यवसायीको भनाई छ ।
कृषिजन्य उत्पादनमा मात्र निर्भर रहेको नेपालको निर्यात व्यपार मल्टीनेसलन कम्पनीको दवदवा रहेको यो समयमा आयातलाई कम गर्न सरकराले ठोस नीति लिनु पर्ने देखिन्छ ।

स्रोत बिर्ताज्योती