नेपाल भ्रमणमा चिनिया प्रतिनिधि

20 श्रावण 2075 का दिन चिनिया टोली उन्नती समावेशी कार्यक्रमको सहयोग र स्पेशियालिटि टि एसोसिएसन अफ नेपाल(STAN) द्वारा आयोजना गर्न लागिएको “भ्यालु याडेड टि प्रोशेसिङ टेक्नोलोजी” विषयमा प्रशिक्षण सहजिकरण प्रदान गर्ने उद्देश्यका साथ नेपाल आएका छन्।

प्रोफेसर डा. नि डेजियाङले नेतृत्व गर्नुभएको यस चिनिया टोलीमा ह्ववाजोङ कृषि विश्वविघालय, वुहान, हुवेइ प्रान्तका प्रोफेसर डा. चेन युछियोङ र मेसिनरी विशेषज्ञ श्री लु योङहाउले 21 श्रावण 2075 का दिन काठ्माण्डौ अवस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको भ्रमण गर्नुभएको छ।

यस समूहले चीनमा नेपाली चिया, विशेष गरी ग्रीन टि र गोल्डेन टिप्सको माग बढ्दै गएको कुरा बताउनु भयो । साथै, उहाँले नेपाली चियाको गुणस्तरमा अझै सुधार ल्याउन आवश्यक रहेको र तयार चियाको गुणस्तरलाई अझै बढाउनु पर्ने सुझाव दिनुभयो ।प्रशोधनकर्ताले प्रशोधन गर्दा विभिन्न कुरामा सुधार गर्न ध्यान पुर्याउनुपर्ने कुरामा जोड दिनुभयो ।

यो तालिम झुल्के घाम लघु चिया उद्योग, कन्याम, इलाममा २३ देखि २५श्रावण सम्म र पाथिभरा अर्थेडक्स चिया उद्योग, साकेजुङ, इलाममा २६ देखि २८ गते सम्म हुनेछ।यस तालिमलाइ प्रोफेसर डा. नि डेजियाङ एवं उहाँको टिमले सहजिकरण गर्नु हुनेछ ।