गएको ११ औँ राष्ट्रिय कफी दिवसमा २०७२ साललार्इ कफी नर्सरी वर्ष घोषणा भए अनुसार देशभर वृहत् कफी नर्सरी तालिमहरू सञ्चालन गरी ब्यापक रूपमा कफी नर्सरी स्थापना गरिएको थियो । गुणस्तरीय नर्सरी नै उत्पादन वृद्धीको मूख्य आधार भएकोले कफी नर्सरी स्थापना गरी विरूवा उत्पादन गर्ने कार्यलार्इ अभियान कै रूप दिइएको थियो । अभियानको उपलब्धी स्वरूप यस वर्ष करिब दस लाख कफी विरूवा उत्पादन हुने अनुमान गरिएको छ । विरूवा उत्पादन हुनु एउटा पाटो हो । तर उत्पादन वृद्धी गर्न ती विरूवाहरू रोपिनु पर्दछ । तसर्थ, २०७३ साललार्इ कफी रोपण वर्षको रूपमा घोषणा गरी १२ औँ राष्ट्रिय कफी दिवस मनाउने कार्यक्रम तय भएको छ । यस वर्षको राष्ट्रिय कफी दिवसको नारा रहेको छ-

गुणस्तरीय कफी उत्पादन - आजको प्रमुख आवश्यकता !

आत्मनिर्भरता र निर्यात प्रवर्द्धनका लागि -  अर्थपुर्ण सार्थकता !!

कफी निर्यातजन्य महत्वपुर्ण वस्तु हो । स्वदेश र विदेशमा नेपाली कफीको माग बढेको पाइन्छ । विदेशमा मात्र 7०००-8००० मे.टन कफीको माग छ । तर उत्पादन र मागको वीचमा ठूलो खाडल भएको देखिन्छ । पछिल्लो तथ्याङ्क अनुसार जम्मा जम्मी 4३४ मे.टन ग्रीन वीन उत्पादन भएको देखिन्छ । गएको वर्षको तुलनामा यो करिब ६ प्रतिशतको गिरावट हो । गत वर्ष ४६३.५ मे.टन कफी उत्पादन भएको थियो । भुकम्प, अघोषित नाकाबन्दी र खडेरीका कारण यस वर्ष कफीको उत्पादन घटेको अनुमान गर्न सकिन्छ । तर विभिन्न जिल्लाहरूमा बोर्ड तथा जिल्ला कृषि विकास कार्यालयहरूले सञ्चालन गरेको कफी विस्तार कार्यक्रमको प्रभाव स्वरूप कफी रोपण क्षेत्र भने गत वर्षको 2381 हेक्टरबाट बढेर यस वर्ष २६१८ हेक्टर क्षेत्रफलमा पुगेको छ । तसर्थ, यस वर्ष कफी उत्पादनमा गिरावट आए पनि आगामी वर्षहरूमा वृद्धि हुने आँकलन गर्न सकिन्छ ।

त्यस्तै, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार रू ५ करोड ५६ लाख बराबरको १०५ मे.टन कफी आयात भएको छ भने रू १० करोड ८ लाख बराबरको ११२ मे.टन कफी निर्यात भएको छ । गत वर्ष ५ करोड ६५ लाख बराबरको १११ मे.टन कफी आयात र ९ करोड ९३ लाख बराबरको करिव १०० मे.टन कफी निर्यात भएको थियो । यस तथ्याङ्कले गत वर्षको तुलनामा आयात केही घटेको र निर्यात केही बढेको देखाउँछ ।

यस वर्ष कफीको क्षेत्रमा भएका प्रमुख गतिविधीहरू

  1. व्यवस्थापिका संसदद्वारा International Coffee Agreement, 2007 अनुमोदन भर्इ विश्व कफी क्षेत्रको सर्वोच्च संस्था International Coffee Organisation को सदस्यता लिन नेपालको बाटो खुलेको छ ।
  2. २०७२ साललार्इ कफी नर्सरी वर्ष घोषणा गरी देशव्यापी रूपमा नर्सरी तालिमहरू सञ्चालन गरी कफी नर्सरी स्थापना गरिएको थियो। यसको उपलब्धी स्वरूप १० लाख विरूवा उत्पादन हुने अनुमान गरिएको छ । सो परिमाणका सबै विरूवा रोपण भएमा आगामी वर्ष थप ५०० हेक्टर क्षेत्रफलमा कफी रोपण क्षेत्र विस्तार हुनेछ ।
  3. नेपाल व्यापार एकीकृत रणनीति, २०१६ अन्तर्गत Other Export Potential Product को रूपमा सूचीकृत भएको छ ।
  4. कफी क्षेत्रको विकासका लागि ५ वर्षे रणनीतिक योजना तयारी अन्तिम चरणमा पुगेको छ ।
  5. नेपाली कफीको राष्ट्रिय मापदण्ड तयारीका लागि नेपाल गुणस्तर तथा नापतौल विभाग मार्फत कार्य भर्इ रहेको ।

मूल्य निर्धारण सन्दर्भमा

२०७३ मंसिर १ गते देखि लागु हुने गरी यस वर्षको कच्चा कफीको मूल्य निम्नानुसार तोकिएको छ ।

 

ड्राइ चेरी

ग्रेड A रू १४०।- प्रति केजी

ग्रेड B रू 100।- प्रति केजी

ग्रेड C रू ४0।- प्रति केजी

 

फ्रेस चेरी कफी

 

ग्रेड A रू 8३।- प्रति केजी (अर्गानिक प्रमाणिकरण भएको)

ग्रेड B रू ७८।- प्रति केजी (अर्गानिक प्रमाणिकरण नभएको)

पार्चमेन्ट कफी

ग्रेड A रू ४१५।- प्रति केजी (अर्गानिक प्रमाणिकरण भएको)

ग्रेड B रू ४००।- प्रति केजी (अर्गानिक प्रमाणिकरण नभएको)

 

प्रकार

2067

2068

2069

2070

2071

2072

2073

फ्रेश चेरी A

30

35

40

50

62

80

83

फ्रेश चेरी B

-

-

-

-

-

75

78

पार्चमेन्ट A

150

170

200

225

285

400

415

पार्चमेन्ट B

-

-

-

-

-

375

400

ड्राइचेरी A

80

90

100

125

140

140

140

ड्राइचेरी B

55

60

75

90

100

100

100

ड्राइचेरी C

20

20

20

22

25

40

40

 


तथ्याङ्कमा कफी

 

आयात निर्यात

 

रोपण तथा उत्पादन

आ.व.

आयात

(रू ,०००)

निर्यात परिमाण (केजी)

निर्यात

(रू ,०००)

 

आ.व.

रोपण क्षेत्र

(हे)

उत्पादन

(मे.टन)

2066/67

1,38,61

69,044

2,43,63  

 

2066/067

1630

429

2067/68

1,25,13

2,79,762

9,30,89

 

2067/068

1752

502

2068/069 

2,08,94

1,09,442

4,30,95

 

2068/069

1760

523

2069/070

3,17,33

85,672

4,52,59

 

2069/070

1750

457

2070/071

3,48,15

66,462

5,23,95

 

2070/071

1911

429.4

2071/072

5,64,56

99,847

9,93,04

 

2071/072

2381

463.58

2072/073

5,55,97

1,12,378

1,08,191

 

2072/073

2618

434