दुर्घटना कम गर्न ‘चालकसित चिया’
राजमार्गमा राती गाडी चलाउँदा चालक निदाउने र दुर्घट्ना हुने गरेको पाईए पछि यस्तो नीति अपनाईएको प्रहरीले बतायो । ट्राफिक र इलाका प्रहरी चन्द्रनिगाहपुरले यस क्षेत्रमा मध्य रातमा चालकलाई चिया खुवाएर केहीबेर आराम गर्न लगाई पठाउने गरेको छ । चालकलाई रोकेर चिया खुवाउने, उनिहरू सित कुरा गर्ने, ट्राफिक ज्ञान, दुर्घटनाबारे बताउने, र रिफ्रेस बनाई पठाउने गरिएको छ । चालक निदाउने हुँदा दुर्घटना बढेको भन्दै न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्दै चालक सित चिया कार्यक्रम ल्याइएको प्रहरीको भनाइ छ । यो क्षेत्रमा लगातार सबारी दुर्घट्ना हुने गरेको छ । ‘रातभरी गाडी चलाउदा चालकहरू थाक्ने र निदाउने गर्नाले दुर्घटना हुने गर्छ । त्यसैले चालकलाई रोकेर चिया गफ गर्दा मस्तिष्क चलाख हुन्छ,’ इलाका प्रहरीका डिएसपी हेमबहादुर शाहीले भने, ‘हामिले सम्झाए अनुसार सचेत हुने हो भने दुर्घट्ना न्यूनीकरण आफै हुन्छ । चालकहरू आफै सचेत हुनुपर्छ ।’