आ.व. २०७७।०७८ मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य
चालु आ.व. २०७७।०७८ मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य निम्नानुसार निर्धारण गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।
१. फ्रेस चेरी कफी:
क) फ्रेस चेरी ग्रेड A: प्रति के.जी. रु ९०/–
(नोटः– ८०० मिटरभन्दा माथि प्राङ्गारिक पद्धती अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने, केलाएर छानिएको चेरीलाई ग्रेड A मानिनेछ ।)
ख) फ्रेस चेरी ग्रेड B : प्रति के.जी. रु ८०/–
(नोटः– ग्रेड A मा नपरेका अन्य कफीलाइ ग्रेड B मानिनेछ ।)
२. पार्चमेन्ट कफी:
क) पार्चमेन्ट कफी ग्रेड A: प्रति के.जी.रु ४५०/–
(नोटः– ग्रेड A गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११% चिस्यान भएको पार्चमेन्टलाई “ग्रेड A” मानिनेछ ।)
ख) पार्चमेन्ट कफी ग्रेड B: प्रति के.जी.रु ३९७/–
(नोटः– ग्रेड B गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको पार्चमेन्टलाई “ग्रेड B” मानिनेछ ।)
३. ड्राई चेरी कफीः
क) ड्राईचेरी कफी ग्रेड A: प्रति के.जी.रु १४८/–
(नोटः– ग्रेड A गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, ११% चिस्यान भएको ड्राइ चेरीलाई “ग्रेड A” मानिनेछ ।)
ख) ड्राईचेरी कफी ग्रेड B: प्रति के.जी. रु ९५/–
(नोटः– ग्रेड B गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलाई “ग्रेड B” मानिनेछ ।)
माथि उल्लेखित मूल्यभन्दा तल कफीको कारोबार नगर्न, यदी कसैबाट भए बोर्डमा ०१–५९०७१०४ मा सम्पर्क गर्नु हुन समेत जानकारी गराइन्छ ।