सन्दर्भः १५ औँ राष्ट्रिय कफी दिवस
२०७६ मंसिर १, गुल्मी
प्रिय पत्रकार मित्रहरू,
कफी उत्पादक किसान, स्टेट, प्रशोधक, विक्रेता, कफी उपभोक्ता र कफीलार्इ माया गर्ने सबै नेपालीहरूको महत्वपुर्ण चाडको रूपमा रहेको "राष्ट्रिय कफी दिवस" को १५ औँ संस्करण यही मंसिर १ गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन हुन गइरहेको छ । कफीसँग सरोकार राख्ने सबैले आ-आफ्नो स्थानमा हर्सोल्लासका साथ मनाइने कफी दिवसको मूल समारोह यस पटक नेपालमा कफीको उद्गम थलो मानिने गुल्मीमा मनाउने कार्यक्रम रहेको छ । वि.सं. १९95 सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको वीउ गुल्मीको आँपचौरमा रोपण गरे पछि नेपालमा कफी खेती सुरूवात भएको मानिन्छ । गुल्मीमा आयोजन हुने १५ औँ राष्ट्रिय कफी दिवसको मूल नारा यस प्रकार रहेको छः-
“आर्थिक समृद्धिका लागि किसानको हात
गुणस्तरिय कफी रोपणमा हामी सबैको साथ ”
पत्रकार मित्रहरू,
महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा अघिल्लो महिना चिनियाँ राष्ट्रपति सि चिनफिङले नेपालको भ्रमण गर्नु भएको व्यहोरा सर्वविदितै छ । उहाँको सम्मानमा आयोजित रात्रीभोजको मेन्युमा गुल्मी कफी पनि समावेश भएको थियो । मात्रात्मक रूपमा थोरै उत्पादन भए पनि नेपाली कफीले गुणस्तरका सन्दर्भमा नेपाललार्इ चिनाउन थालिसकेको छ । स्पेसियालिटी कफीको रूपमा नाम कमाइसकेको नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको छ । एक दसक अघि कुलिन वर्गको मात्र पेय पदार्थको रूपमा लिइने कफी आज हरेक भान्साको सोभा बनिसकेको छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा पनि व्यापक वृद्धी भएको देखिन्छ । तर माग अनुसार आपुर्ती नहुँदा विगत केही वर्ष कफीको आयात बढेको तथ्याङ्कले देखाउँछ ।
आ.व. 2075/76 मा नेपालभर ५३० मे.टन ग्रीन वीन उत्पादन भएको थियो । सोही वर्ष ९ करोड 96 लाख बराबरको 84 मे.टन कफी निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ जुन अघिल्लो आ.व. कै जति परिमाण हो। तर कफी आयातको आँकडा भने लगभग ८ गुनाले बढेको देखिन्छ ।आ.व. 2074/75 मा जम्मा 163 मे.टन कफी आयात हुँदा आ.व. 2075/76 मा 1,262 मे.टन कफी आयात भएको विभागको तथ्याङ्कले देखाउँछ । पछिल्लो आ.व. कफी आयातमा 9 करोड 80 लाख रूपैयाँ विदेशिएको छ । कफीको आन्तरिक माग पुर्तीका लागि पनि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्नु पर्ने देखिन्छ ।
बोर्डले Geographical Indication System (GIS) मा आधारित रहेर गरेको अध्ययनले नेपालभर करिब 11 लाख 98 हजार 535 हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने र त्यस मध्य 61 हजार 228 हेक्टर क्षेत्रफल कफी खेतीका लागि अति उत्तम रहेको देखिएको छ । कफी उत्पादन बढाउनका लागि सम्भावित केही जिल्ला तथा स्थानिय तहहरूसँग बोर्डले योजनाबद्ध समन्वयात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जुन आगामी दिनमा अझ बढाएर लगिने छ । परिणामतः कफी विस्तार कार्यक्रमलार्इ स्थानिय तहहरूको नियमित कार्यक्रमको रूपमा कार्यान्वयन गरिने तत् तत् स्थानिय तहका जनप्रतिनिधिहरूले प्रतिवद्धता व्यक्त गरेका छन् । यसका अलावा व्यवसायिक कफी खेतीमा लगानी आकर्षण गर्न बोर्डले गएको बैशाख २ र ३ गते नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलन, 2076 आयोजना गरेको थियो। नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र स्याङ्जा जिल्लाहरूलार्इ कफी सुपर जोनको रूपमा विकास गरी कफीमा व्यवसायिकता बढाउने प्रयास गरिरहेकाले आगामी दिनहरूमा कफीको उत्पादनमा उल्लेख्य वृद्धी हुने आँकलन गर्न सकिन्छ ।
मूल्य निर्धारण सन्दर्भमा
२०७6 मंसिर १ गते देखि लागु हुने गरी यस वर्षको कच्चा कफीको मूल्य निम्नानुसार तोकिएको छ ।
फ्रेस चेरी कफी
ग्रेड A रू 8५।- प्रति केजी (नोटः- 800 मिटरभन्दा माथि, प्राङ्गारिक पद्धती अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने, केलाएर छानिएको चेरीलार्इ ग्रेड A मानिने छ ।)
ग्रेड B रू 75।- प्रति केजी (नोटः- ग्रेड A मा नपरेका अन्य कफीलार्इ ग्रेड B मानिनेछ ।)
पार्चमेन्ट कफी
ग्रेड A रू ४२५।- प्रति केजी (नोटः- ग्रेड A गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११% चिस्यान भएको कफी पार्चमेन्टलार्इ ग्रेड A मानिनेछ ।)
ग्रेड B रू 375।- प्रति केजी (नोटः- ग्रेड B गुणस्तरको कफीबाट उत्पादन भएको पार्चमेन्टलार्इ ग्रेड B मानिनेछ ।)
ड्राइ चेरी कफी
ग्रेड A रू 140।- प्रति केजी (नोटः ग्रेड A गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलार्इ ग्रेड A मानिनेछ ।)
ग्रेड B रू 90।- प्रति केजी (नोटः ग्रेड B गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलार्इ ग्रेड B मानिनेछ ।)
विभिन्न वर्षहरूमा तोकिएको कफीको न्युनतम सहमत मूल्य
प्रकार |
2067 |
2068 |
2069 |
2070 |
2071 |
2072 |
2073 |
207४ |
२०७५ |
2076 |
फ्रेश चेरी A |
30 |
35 |
40 |
50 |
62 |
80 |
83 |
83 |
85 |
85 |
फ्रेश चेरी B |
- |
- |
- |
- |
- |
75 |
78 |
78 |
80 |
75 |
पार्चमेन्ट A |
150 |
170 |
200 |
225 |
285 |
400 |
415 |
415 |
425 |
425 |
पार्चमेन्ट B |
- |
- |
- |
- |
- |
375 |
400 |
400 |
410 |
375 |
ड्राइचेरी A |
80 |
90 |
100 |
125 |
140 |
140 |
140 |
140 |
140 |
140 |
ड्राइचेरी B |
55 |
60 |
75 |
90 |
100 |
100 |
100 |
100 |
100 |
90 |
तथ्याङ्कमा कफी
आयात निर्यात |
|
रोपण तथा उत्पादन |
||||||
आ.व. |
निर्यात परिमाण (मे.टन) |
निर्यात मूल्य (रू ,०००) |
आयात परिमाण (मे.टन) |
आयात मूल्य (रू ,०००) |
|
आ.व. |
रोपण क्षेत्र (हे) |
उत्पादन (मे.टन) |
2071.072 |
99=59 |
99176=00 |
63=80 |
24991=00 |
|
2071.072 |
2381 |
463=58 |
2072.073 |
111=17 |
107901=00 |
105=03 |
55541=00 |
|
2072.073 |
2618 |
434 |
2073.074 |
94=60 |
84538=93 |
99=36 |
50402=42 |
|
2073.074 |
2646 |
466 |
2074.075 |
84=22 |
93725=45 |
163=38 |
65891=94 |
|
2074.075 |
2650 |
513 |
2075.076 |
84=13 |
99,616=15 |
1,262=41 |
98,014=00 |
|
2075.076 |
2761 |
530 |
दीपक खनाल
नि. कार्यकारी निर्देशक