• चिया तथा कफी उद्योगको विकासका लागि उत्पादन, प्रशोधन, बजार व्यवस्थापन तथा निकासी पैठारी सम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने ।
  • चिया तथा कफी खेती वा उद्योगको विकासमा देखा परेका समस्याहरूको निराकरणका उपायहरू पत्ता लगाउने ।
  • चिया तथा कफी उद्योगको विकासका लागि चिया तथा कफी खेती र प्रशोधन निम्ति आवश्यक  पर्ने सामग्रीहरूको आपूर्तिको व्यवस्था गर्ने, गराउने ।
  • चिया तथा कफी उद्योगको विकासका लागि तालिम तथा अनुसन्धान केन्द्र स्थापना गरी चिया तथा कफी उद्योगमा कार्यरत व्यक्ति वा संस्थाहरूलाई आधुनिक प्राविधिक ज्ञान, प्रशिक्षण र प्राविधिक सहयोग उपलब्ध गराउने ।
  • चिया तथा कफी उद्योगको विकासका लागि आवश्यक अध्ययन गर्ने, गराउने ।
  • चिया तथा कफी उद्योगको क्षेत्रमा कार्यरत संस्थाहरूसँग समन्वय गर्ने ।
  • चिया तथा कफी उद्योगलाई सहयोग पुर्याउने ।