प्रमुख उपलब्धिहरू

  • नेपाल सरकारले राष्ट्रिय चिया नीति २०५७ र राष्ट्रिय कफी नीति २०६० स्वीकृत गरी लागु गरेको छ ।
  • नेपाल सरकारले बैशाख १५ लाई राष्ट्रिय चिया दिवस र मङ्सिर १ लाई राष्ट्रिय कफी दिवसको रूपमा घोषणा गरेको छ र सोही अनुरूप हरेक वर्ष मनाइँदै आएको छ।
  • नेपाली चिया र कफीलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने उद्देश्यले नेपाली चिया र कफीको छुट्टाछुट्टै राष्ट्रिय प्रतिकचिन्हको विकास गरी कार्यान्वयन गरेको छ ।
  • नेपाली चियाको प्रतिकचिन्हलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा परिचित गराउन हुलाक टिकट पनि प्रकाशित गरिएको छ ।
  • "एसियामा चिया" भन्ने मूल नाराका साथ २०५६ असोज २० गते काठमाडौंमा चौथो  अन्तर्राष्ट्रिय एसियाली चिया सम्मेलनको सफल आयोजना गरिएको थियो ।सम्मेलनमा श्रीलङ्का, भारत, बङ्गलादेश, थाइल्याण्ड, जापान र रूसका प्रतिनिधिहरूले भाग लिएका थिए ।
  • नेपाली चियालाई युरोपेली बजारमा चिनाउने उद्देश्यले २०५९ श्रावण ५ गतेदेखि १० गतेसम्म नेपाल चिया महोत्सव लण्डन २००२ को  सफल आयोजना गरिएको थियो ।
  • नेपाल २०६४मा अन्तर्राष्ट्रिय चिया समिति International Tea Committee (ITC) को सदस्य बनेको थियो भने अन्तर्राष्ट्रिय कफी सङ्घ International Coffee Organization (ICO) को पनि सदस्य बन्ने प्रकृयामा छ ।