RTI Proactive Disclosure
RTI Proactive Disclosure
यस बोर्डबाट आ.व. २०७७।७८ को हालसम्मको अवधिमा गरिएका मुख्य मुख्य गतिविधीहरूको विवरण बारे सूचनाको स्वतः सार्वजनिकरण निम्नानुसार गरिएको व्यहोरा अनुरोध छ ।
- नेपाली अर्थोडक्स चिया ट्रेडमार्क कार्यान्वयन निर्देशिकाले तय गरेका मापदण्ड अनुसार चिया उत्पादन एवं प्रशोधन कार्यमा संलग्न १२ वटा चिया उद्योगहरूलार्इ मिति २०७७ असोज ६ गते मा. कृषि मन्त्री घनश्याम भुसालज्यूको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरी ट्रेडमार्क प्रयोग अनुमति प्रदान गरिएको ।
- आ.व. २०७७।७८ को लागि उत्पादन लागतमा 22% नाफा राखि कृषकस्तरमा उत्पादन हुने काँचो कफीको न्युनतम मूल्य निर्धारण गरिएको ।
फ्रेस चेरी कफी ग्रेड A रू ९०।- ग्रेड B रू 80।- प्रति केजी
पार्चमेन्ट कफी ग्रेड A रू ४५0।- ग्रेड B रू 397।- प्रति केजी
ड्राइ चेरी ग्रेड A रू १४८।- ग्रेड B रू 9५।- प्रति केजी
- माननीय कृषि मन्त्री घनश्याम भुसालज्यूको अध्यक्षतामा असोज ३० गते बोर्डको नीतिगत एवं सांगठनिक सुधारहरू सहित सुद्रिढिकरण गर्न ऐतिहासिक निर्णयहरू गर्दै बोर्ड कार्यकारी समितिको ७० औं बैठक सम्पन्न गरिएको।
- मिति २०७७ असोज २५ गते बोर्डको आयोजनामा नेपाल बैंकर्स एसोशिएसनका पदाधिकारीहरू र नेपाली चिया तथा कफी क्षेत्रका सरोकारवालाहरूको सहभागितामा नेपालको चिया तथा कफी क्षेत्रको विकासका लागि वित्तिय व्यवस्थापनको आवश्यकता, यसमा आइपरेका जटिलता र वित्तिय संस्था एवं बोर्डले गर्नुपर्ने सहजिकरण बारे "नेपाली चिया तथा कफी क्षेत्रमा वित्तिय सहजिकरण" विषयक भर्चुअल बैठक गरिएको ।
- चिया तथा कफी क्षेत्र विकासको लागि अध्ययन, अनुसन्धान र नवप्रवर्तन गरी देशको आर्थिक समृद्धि हासिल गर्ने कार्यमा योगदान पु-याउन नेपाल कृषि अनुसन्धान परिषदसँग समझदारीपत्रमा हस्ताक्षर गरिएको ।
- बोर्डको आ.व. 2077/78 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार चक्लाबन्दीमा कफी खेती विस्तार र कफी नर्सरी स्थापना कार्यक्रमको कार्यान्वयनका लागि 50 प्रतिशत अनुदान उपलब्ध गराउने सम्बन्धमा मिति 2077/4/26 गते गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गरिएकोमा विभिन्न फर्म, सहकारी, कृषक समुहहरूबाट निवेदन प्राप्त भएको ।
- अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप नेपाली चियाको गुणस्तर सुधार गर्न र अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले Enhanced Integrated Framework (EIF) को आर्थिक सहयोगमा उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय मार्फत Nepal’s Increased Sustainable Tea Exports - an EIF TIER 2 Project स्वीकृत भई चिया सम्बन्धी कार्यक्रमहरू बोर्डले नै कार्यान्वयन गर्ने गरी श्रीमान् कार्यकारी निर्देशकज्यूले मन्त्रालयसँग मिति २०७७।९।१० गते समझदारी पत्र (MoU) मा हस्ताक्षर गर्नुभएको ।
- राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कर्मचारी प्रशासन विनियमावली, २०७७ नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७।८।१० गतेको निर्णयानुसार स्वीकृत भएको ।
...................................
दीपक खनाल
निर्देशक
पप्रवक्ता एवं सूचना अधिकारी
- Tea growers set to reap virus bonanza as prices soar amid lower production
- COVID-19 could have lasting impact on how we enjoy local coffee shops
- Tea farmers miss first flush production due to extended lockdown
- The biology of coffee, one of the world’s most popular drinks
- Older adults who drink tea are less likely to be depressed
- Nepal's Increased Sustainable Tea Exports Project Vacancy Announcement
- Selection for Coffee Extension in consolidated land and Nursery establishment
- RTI Proactive Disclosure
- Call for Tea / Coffee Nursery Classification and Certification
- Deadline Extension (15 Days): NEPAL TEA QUALITY FROM THE HIMALAYAS trademark application