Deadline Extension (15 Days): NEPAL TEA QUALITY FROM THE HIMALAYAS trademark application
Deadline Extension (15 Days): NEPAL TEA QUALITY FROM THE HIMALAYAS trademark application
१५ दिन म्याद थपः Nepal Tea Quality From The Himalayas ट्रेडमार्क प्रयोगबारे सूचना
प्रथम पटक प्रकाशित मिति २०७७।६।१४
दोश्रो पटक प्रकाशित मिति २०७७।७।२०
तेश्रो पटक प्रकाशित मिति २०७७।७।२२
नेपालको मध्य तथा उच्च पहाडी भूभागमा उत्पादन हुने अर्थोडक्स, ग्रीन टि तथा स्पेसियाल्टी चियामा मात्र प्रयोग गर्न सकिने गरी NEPAL TEA QUALITY FROM THE HIMALAYAS ट्रेडमार्क उद्योग विभागमा विधिवत दर्ता भई “नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४” लागु भई सकेकोले निर्देशिकाको परिच्छेद–३ बमोजिमका आचार संहिता र शर्तहरु पालना गरी उत्पादन, संकलन, प्रशोधन, प्याकेजिङ तथा वितरण गर्ने चिया व्यवसायीहरुले निर्देशिकाको दफा ५ को उपदफा (१) बमोजिम रु १०००।– (अक्षेरेपी एक हजार रुपैयाँ मात्र)को आवेदन शुल्क तिरेर अनुसूची–२ अनुसारको ढाँचामा मार्क प्रयोगको अनुमतीका लागि निवेदन दिनुहुन यो सूचना प्रकाशन गरिएको छ । निर्देशिकाको आचार संहिता र शर्तहरु पालन गरी होलसेल वा खुद्रा प्याकेटमा चिया विक्री गर्ने कार्यमा संलग्न भई उक्त ट्रेडमार्क प्रयोग गर्न इच्छुक तयारी चिया उत्पादन गर्ने उद्योग वा प्याकेजरहरुले तपशिल बमोजिका कागजपत्रहरु संलग्न गरी बोर्डको केन्द्रीय कार्यालय वा पायक पर्ने बोर्डको जिल्लास्थित कार्यालयहरुमा निवेदन पेश गर्न १५ दिन म्याद थप गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
पेश गर्नु पर्ने कागजातहरु
१. अनुसूची–२ बमोजिमको निवेदन
२. संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि
३. निवेदक प्रशोधनकर्ता भएमा हरियोपत्ती उत्पादक वा संकलन केन्द्रले अनुसूची–७, दफा ८, उपदफा (१) बमोजिमको आचार संहिता पालना गरेको प्रतिबद्धता पत्र
४. निवेदक चिया प्याकेजर भएमा चिया खरिद गरिएको प्रशोधनकर्ताको मार्क प्रयोग इजाजतपत्रको प्रतिलिपी
५. चियाको गुणस्तर नियन्त्रण सम्बन्धी प्रमाणपत्र भएमा त्यसको प्रतिलिपी
६. Tea Processing Handling Plan उद्योगको लागि मात्र
७. Tea Packaging Handling Plan प्याकेजरको लागि मात्र
८. दस्तुर बुझाएको सक्कल भौचर
निर्देशिका, अनुसूची, Handling Plan को नमुनाका लागि तल क्लिक गर्नुहोस् ।
अत्यन्त जरुरी सूचना
साथै, NEPAL TEA QUALITY FROM THE HIMALAYAS वा सोसँग मिल्दोजुल्दो अन्य मार्कहरु बोर्डबाट इजाजत नलिई प्रयोग गर्ने कार्य तत्काल रोक्न र नियमानुसार प्रक्रियामा आउन अनुरोध छ । अन्यथा, निर्देशिकाको दफा १६(घ) बमोजिम अनाधिकृतरुपमा मार्क प्रयोग भएको चिया जफत गरिने वा “पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२” को दफा १९ बमोजिम कार्वाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।
- Tea growers set to reap virus bonanza as prices soar amid lower production
- COVID-19 could have lasting impact on how we enjoy local coffee shops
- Tea farmers miss first flush production due to extended lockdown
- The biology of coffee, one of the world’s most popular drinks
- Older adults who drink tea are less likely to be depressed