Subsidy Notice for Coffee Extension in consolidated land and Nursery establishment
Subsidy Notice for Coffee Extension in consolidated land and Nursery establishment
प्रथम पटक प्रकाशित मिति २०७७/४/२५
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आ.व. २०७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चक्दाबन्दीमा कफी खेती विस्तार र कफी नर्सरी स्थापना कार्यक्रमको कार्यान्वयनका लागि न्यूनतम ५० रोपनी जग्गा चक्लावन्दी गरी कफी रोपण तथा व्यवस्थापन गर्न वा न्यूनतम पचास हजार विरूवा उत्पादनका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने सम्बन्धमा "राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट सञ्चालन गरिने कार्यक्रम कार्यान्वयन (प्रथम संशोधन)कार्यविधि २०७५" को विधि नं. ४(ख)मा भएको व्यवस्था बमोजिम प्रस्ताव आह्वानका लागि यो सूचना प्रकाशित गरिएको छ । इच्छुक कृषक समुह, फर्म, उद्योग, सहकारी, संघ/संस्थाहरूले तपशिल बमोजिमका कागजातहरू संलग्न गरी ३५ दिन भित्र प्रस्ताव पेश गर्न सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
तपशिल
- अनुसूची-२ बमोजिमको निवेदन
- अनुसूची-३ बमोजिमको परियोजना प्रस्ताव
- कफी क्षेत्र विस्तारका लागि जोडिएको कित्ता भएको न्युनतम् ५० रोपनी जग्गाको लालपुर्जाको छाँयाकपी वा जग्गाधनीसँगको लिज सम्झौता र परियोजनास्थल मार्क गरिएको नापी विभागको नक्साको छाँयाकपी
- कफी नर्सरी स्थापनाका लागि न्युनतम ५० हजार विरूवा उत्पादन गर्न प्रस्तावित १६*३२ बर्ग मिटरको नर्सरी स्थापनाको लागि आवश्यक जग्गाको लालपुर्जाको छाँयाकपी वा जग्गाधनीसँगको लिज सम्झौता
- नविकरण सहितको संस्था दर्ता प्रमाणपत्र
- स्थायी लेखा नम्बर (पान) प्रमाणपत्रको प्रतिलिपि
- संस्थाको प्रमुख व्यक्तिको नागरिकताको प्रतिलिपी
- सम्बन्धित स्थानिय तहको सिफारिस
अनुदान रकम
- चक्लाबन्दीमा कफी विस्तार कार्यक्रमको लागि प्रति रोपनी तीस हजारको दरले हुन आउने रकममा पचास प्रतिशत अनुदान
- कफी नर्सरी स्थापनाको लागि अधिकतम् रू ७,६९,८५०/- मा ५० प्रतिशत अनुदान
प्रस्तावना बुझाउन सकिने कार्यालयहरू
- केन्द्रीय कार्यालय, कीर्तिपुर, काठमाण्डौ
- क्षेत्रीय कार्यालयहरू, झापा र पोखरा
- चिया तथा कफी विकास कार्यालयहरूः फिक्कल, जस्वीरे, मंगलबारे, पाँचथर, धनकुटा, तेह्रथुम, नुवाकोट र प्युठान
शर्तहरूः- बोर्डले तोकेको मापदण्ढ र कार्ययोजना अनुसार कार्यक्रम कार्यान्वयन गर्नुपर्नेछ ।
नोटः-कार्यविधि एवं अनुसूचीका लागि यहाँ क्लिक गर्नुहोस् ।
- Tea growers set to reap virus bonanza as prices soar amid lower production
- COVID-19 could have lasting impact on how we enjoy local coffee shops
- Tea farmers miss first flush production due to extended lockdown
- The biology of coffee, one of the world’s most popular drinks
- Older adults who drink tea are less likely to be depressed
- Nepal's Increased Sustainable Tea Exports Project Vacancy Announcement
- Selection for Coffee Extension in consolidated land and Nursery establishment
- RTI Proactive Disclosure
- Call for Tea / Coffee Nursery Classification and Certification
- Deadline Extension (15 Days): NEPAL TEA QUALITY FROM THE HIMALAYAS trademark application